गौशाला, ८ साउन । बर्दिवास नगरपालिकाले स्थानीय ५३० गर्भवती महिलालाई पोषण आहार वितरण शुरु गरेको छ ।

Advertisement

बर्दिवास नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई जनही १५ किलो चामल, पाँच किलो गेडागुडी, एक पाउ घ्यू र शुद्ध पानीका लागि एक–एक थान फिल्टर वितरण गरेको नगर प्रमुख विदुरकुमार कार्कीले जानकारी दिए ।

नगर प्रमुख कार्कीले सोमबार एक कार्यक्रमबीच बर्दिवास नगरपालिका– १, २ र १४ का ५४ गर्भवती महिलालाई पोषण सामग्री वितरण गरेर कार्यक्रमको शुभारम्भ गरे ।

हरेकबार खाना चार’ मूल उद्देश्यका साथ गर्भवती आमा र गर्भमा रहेका बच्चालाई आवश्यक पर्ने पोषिलो आहारस्वरुप कार्बोहाइडेट, प्रोटिन, भिटामिन र मिनरलयुक्त पोषिलो आहार वितरण गरिएको हो

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!