काठमाडौ,४ असार । चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा. गोविन्द केसीको पक्ष र विपक्षमा पनि विभिन्न टिका टिप्पणी भईरहेको छ ।
जुम्लामा अनसनरत केसीलाई हिजोमात्रै स्वास्थ्य अवस्था जटिल भएपछि काठमाडौं ल्याइएको छ । देशभरका विभिन्न ठाउँमा उनको पक्षमा आन्दोलन भइरहेको छ ।
सामाजिक सञ्जालमा पनि उनको सत्याग्रहको पक्ष र विपक्षमा आवाज उठीरहेका छन् । अहिले उनलाई काठमाडौंको शिक्षण अस्पतालमा राखिएको छ । केसीको सत्याग्रह र केसीलार्ई भारतीय मिडियाले भने नेपाली गान्धीको उपमा दिएका छन् ।
भारतीय दैनिक पत्रिका दैनिक भास्करले भनेको छ, केसीले नेपालमा महात्मा गान्धीको सत्याग्रहको बाटोमा अनसन बसेर सत्ता लाई नै चुनौती दिएको बताइएको छ ।
गांधीको अहिंसात्मक आंदोलनबाट परिवर्तन गर्न सकिने भनाईबाट प्रेरित नेपालका गान्धी केसी स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन् ल्याउन आन्दोलनरत छन् ।