काठमाडौ, ४ असार । नेविसंघका विद्यार्थीले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएका छन् । प्रम ओली गण्डकी प्रदेशमा सम्बोधन गर्न आएपछि नेविसंघ कास्कीले विरोधस्वरुप कालो झन्डा देखाएको हो ।

Advertisement

डा. गोविन्द केसीको मागमा सरकार जिम्मेवार नभएको बताउँदै नेविसंघ केन्द्रीय सदस्य भानु ढकालले मूल्य वृद्धि फिर्ता नलिएसम्म आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् ।

तानाशाही ओली शासनले आम जनताको पसिना र रगत खाने काम भएको भन्दै डा गोबिन्द केसिको जीवन रक्षासहित विकासको नाममा जनताको विनास गर्न नहुने नेविसंघ विकास थापाले बताए । उखान टुक्का र छलकपटको भरमा देश नचल्ने बताउँदै आन्दोलन थप चर्काउने थापाले बताए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले मूल्य वृद्धि तथा इन्टरनेट सेवामा लगाएको कर, पत्रकारमाथिको हस्तक्षेपलगायतको विषयलाई तत्काल रोक्नुपर्ने माग राखी ओलीलाई कालोझन्डा देखाएका हुन । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!