काठमाडौँ, २६ असार । नेपालमा अझै २२ लाख नागरिक भूमि अधिकारबाट वञ्चित रहेको पाइएको छ । भूमि नीति बनेको ५४ वर्ष बितिसक्दा पनि ती भूमिहीनले भूमि पाउन सकेका छैनन् ।

Advertisement

राष्ट्रिय भूमि अधिकार अञ्चका अनुसार साढे ४ लाख सुकुम्बासी, ६० हजार हलिया, ५ लाख बेदर्तावाल मोही, सुकुम्बासी, कमैया, कमलरी, गुठी, बिर्ता, रैकरलगायत २५ प्रकृतिका भूमिहीनले यो अधिकार पाएका छैनन् ।

२०२१ सालमा भूमि ऐन आए पनि भूनीति बन्न नसक्दा भूमिहीनहरु अझै पीडित भएको मञ्चका अध्यक्ष ल्यामबहादुरलाई कोट गर्दै नेपाल समाचारपत्रले लेखेको छ ।

सरकारले भूमिहीन बसेको ठाउँको जग्गा दिने बताए पनि निवेदकको निवेदनको छिनोफानो अझै लाग्न नसकेको उनले गुनासो गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!