
धनकुटा, १७ असार । हिले बजारमा प्रुडेन्सियल इन्स्योरेन्सको शाखा विस्तार गरिएको छ । कम्पनीले ४३ औं शाखाको रुपमा हिलेबाट कारोवार सुरु गरेको हो ।
कम्पनीका केन्द्रिय बजार प्रमुख उज्ज्वल ढुंगाना, विराटनगर शाखा प्रमुख मुरारी सुवेदी, धरान शाखा प्रमुख प्रमोद शाक्य र हिले शाखा प्रमुख हेमप्रकाश अधिकारीले शाखा उद्घाटन गरेका हुन् ।
प्रुडेन्सियल निर्जिवन वीमा कम्पनी हो । शाखाबाट सवारीसाधन, घर, पसल, गोदाम तथा पूर्वाधारको वीमा गरिने हिले शाखा प्रमुख अधिकारीले जानकारी दिए ।















