काठमाडौँ, १६ असार । प्रधानमन्त्री केपी ओलीले नेपालको आफ्नै रेल आउने कुरामा शंका नगर्न भन्दै सांसदलाई रेल चढ्न निम्ता दिएका छन् ।

Advertisement

ओलीले शुक्रबार प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिंदै नेपालको आफ्नै रेल आउने कुरामा शंका नगर्न भन्दै सँगै रेल चढ्न सांसदहरुलाई निम्ता दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री ओलीले शुक्रबार जवाफ दिने क्रममा सांसदहरु बिच सवाल जवाफ भएको हो ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नेपालको आफ्नै रेल हुने कुरामा शंका रहेको भन्दै अरुको रेललाई आफ्नो भन्ने कि भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।

रिजालको अन्तिम प्रश्नबाट आफ्नो जवाफ सुरु गरेका प्रधानमन्त्री ओलीले नेपालको आफ्नै रेल हुने कुरामा शंका नगर्न जवाफ दिए

प्रधानमन्त्री ओलीले कांग्रेस सांसद रिजालको प्रश्नको जवाफ दिँदै भने, ‘विद्वान भनेको विद्वान नै हुन्छन, डाक्टर भनेको डाक्टर नै हुन, तिथि मिति सहित कहाँ ट्रयाक बिनै रेल हिँड्यो, ड्राइभर को थियो सबै याद छ, यो विद्धतालाई सलाम छ, नेपालमा रेल आउँछ, आफ्नै रेल कुद्छ, सँगै चढौंला ।’ राजधानी दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!