संगालोखबर सम्वाददाता

धनकुटा, १४ असार । धनकुटा नगरपालिका–२ का पाँच जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक सञ्जालले वडा कार्यालयमा कार्यक्रम गरी जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

Advertisement

कार्यक्रममा ५६ जना आजिवन सदस्य र साधारण सदस्यलाई मायाको चिनो प्रदान गरिएको जेष्ठ नागरिक सञ्जालका अध्यक्ष भक्तबहादुर भण्डारीले जानकारी दिए ।

कार्यक्रममा वडाध्यक्ष चन्द्रलाल तामाङले अग्रजलाई सम्मान गर्ने परिपाटीको बिकास गर्नुपर्ने बताए ।

यता जेष्ठ नागरिक सञ्जालका जिल्ला सदस्य गोविन्दप्रसाद मैनालीले जेष्ठ नागरिकहरुलाई सरकारले खासै संबोधन नगरेको गुनासो गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!