काठमाडौँ, १३ असार । संयुक्त राष्ट्रसंघले विश्वशान्ति स्थापनामा नेपालका सुरक्षाकर्मीले पुर्याएको योगदान अतुलनीय रहेको जनाएको छ ।

Advertisement

द्वन्द्वग्रस्त मुलुकको शान्ति र स्थायित्वका लागि नेपालका सुरक्षाकर्मीले जुनसुकै चुनौचीका बीच पनि इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गरेको राष्ट्रसंघका अधिकारीले बताएका छन ।

नेपालको औपचारिक भ्रमणमा आएका राष्ट्रसंघीय पिस किपिङ डिपार्टमेन्टका प्रमुख तथा उपमहासचिव जिन पाइरे लाक्रोइक्सले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँगको भेटमा द्वन्द्वग्रस्त मुलुकको संकट निवारण गर्न राष्ट्रसंघलाई आवश्यक परेको फौज खटाएर नेपालले महत्त्वपूर्ण योगदान पुर्याएको बताए । आजको कारोबारमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!