मानिसको बुढोपना सम्बन्धी एकजना वैज्ञानिकले सेक्स मानिसको आयु कम गराउने प्रमुख तत्व रहेको बताएका छन् । अमेरिकी थिंक ट्यांक बायोजेरेन्टोलोजी फाउन्डेसनका निर्देशक समेत रहेका प्राध्यापक एलेक्स जाभोरोन्कोभले दाबी गरेका छन् की यदि मानिसले सेक्स गर्न छाड्ने हो भने ऊ १५० वर्षसम्म बाँच्न सक्छ ।
आफ्नो नयाँ पुस्तक एजलेस जेनेरेसनमा उनले भनेका छन्९ सेक्स विनाको जिवनशैलीले हामीलाई हाम्रो जिन्दगी अझै लामो, निकै लामो उमेरसम्म जिउन सक्षम बनाउँछ । उनले भनेका छन्, ‘मैले कहिलेकाहीँ सेक्स गर्छु ।
तर स्थायी रुपमा होइन । कहिलेकाहीँ आफ्नै साथी वैज्ञानिकसँग सेक्स गर्छु । यसका लागि मलाई माफ गर्नुहोस् । ३६ वर्षे युवा प्राध्यापकले विवाह, सन्तानप्राप्ति तथा विवाहित हुँदाको जिम्मेवारीका कारण खपत हुने उर्जाको प्रक्रियालाई इनर्जी स्यापिंग डिस्ट्रयाक्सन अर्थात् उर्जा बर्बाद गर्ने उन्माद भनेका छन् ।
यस्तो उन्मादप्रति सावधान रहनुपर्ने उनको सुझाव छ । विवाह तथा प्रजननलाई रोक्नुको परिणाम भनेको औषत आयुमा परिवर्तन हुनु हो । उनले सेक्सको साटो मानिसले स्वस्थ रहनका लागि दैनिक उठबस, व्यायाम तथा दौडका साथै कम भोजनमा ध्यान दिनुपर्ने बताए । आफुले पनि फलफूल, दही तथा प्रोटिनजन्य खानेकुराहरुको माध्यमबाट दैनिक १६ देखि १७ सयसम्म क्यालोरी भोजन गर्ने गरेको उनको भनाइ छ ।
उनी भन्छन् एक सय पचास वर्षसम्म बाँच्नु विल्कुलै अवास्तविक होइन । मैले आफु मर्ने योजना बनाइरहेको छैन । तपाइँले ३० वर्षको उमेरपछि केवल यो महसुस गरेर जिउनुपर्छ की जे–पनि सम्भव छ । विश्व स्वास्थ्य संगठनले अघिल्लो हप्ता मात्र भनेको थियो की विश्वका मानिसहरु अब १ सय वर्षसम्म बाँच्नु सामान्य हुनेछ ।
डब्लुएचओका महानिर्देशक डाक्टर मार्गरेट चानका अनुसार स्वास्थ्यका लागि अप्रत्यासित चुनौतिहरु रहेको यो युगमा एउटा प्रवृत्ति तय भैसकेको छ की विश्वका मानिसहरुको जिवन तिव्र रुपमा लम्बिइरहेको छ । धेरै मानिसहरु आफु ६० वर्षभन्दा धेरै बाँच्ने भरोसा गर्न सक्ने भएका छन् । स्वास्थ्य प्रणाली, जनशक्ति तथा बजेटको परिणाम निकै सन्तोषजनक रहेको छ ।