आयुर्वेदमा मनतातो पानीका विभिन्न फाइदा बताइएको छ । मानिसले विहान उठ्ने वित्तिकै एक गिलास मनतातो पानी पिउनाले मेटोपना घटाउनेदेखि विभिन्न स्वास्थ्य समस्याबाट टाढा राख्दन मद्धत गर्छ ।

Advertisement

दैनिक खाली पेटमा एक गिलास मनतातो पानी पिउँदा शरिरको सम्पूर्ण फोहोर बाहिर निस्कन्छ । यसले विभिन्न प्रकारका रोगको खतराबाट पनि जोगाउन सहयोग गर्दछ ।

दैनिक मनतातो पानी विहान खाली पेटमा पिउँदा हुने फाइदाहरु  ः

१. दैनिक बिहान मनतातो पानी पिउँदा शरिरको फोहोर बाहिर निस्कने गर्दछ जसका कारण मृगौला सम्बन्धि रोग लाग्नबाट जोगाउँछ ।

२. दैनिक बिहान मनतातो पानी पिउँदा शरिरको अतिरिक्त बोसो पग्लने गर्दछ जसका कारण तपाईंको तौल नियन्त्रणमा रहन्छ ।

३. मनतातो पानीले खानालाई राम्रोसँग पचाउन सहयोग गर्दछ । यसले पाचन प्रणालीलाई बलियो राख्छ ।

४. नियमित रुपमा खाली पेटमा मनतातो पानी पिउनुहुन्छ भने पसिनामार्फत छालाको फोहोर निस्कने गर्दछ । यसले छालाको संक्रमणलाई पनि जोगाउँछ ।

५. दैनिक मनतातो पानी पिउँदा घाँटीमा जम्मा भएको खकार निस्कने गर्दछ । यसले श्वास सम्बन्धि रोग र दम हुनबाट जोगाउँछ ।

६. यसले कब्जियत हुनबाटसमेत जोगाउँछ ।

७. मनतातो पानीले तपाईंको छालालाई स्वस्थ राखी चाउरी पर्नबाट पनि जोगाउँछ जसका कारण तपाईं उमेर ढल्किसक्दा पनि जवान देखिनु हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!