काठमाडौँ, १४ जेठ । मुलुकको अर्थतन्त्रको आकार तीन खर्ब ६४ अर्ब रुपैयाँ बढेर यो वर्ष ३० खर्ब सात अर्ब २४ करोड रुपैयाँ पुग्ने भएको छ।

Advertisement

चालू आर्थिक वर्षको आठ महिनाको उपलब्ध तथ्याङ्क र बाँकी चार महिनाको अनुमानका अधारमा अर्थतन्त्रको आकार ३० अर्ब नाघ्ने देखिएको हो। सरकारले सङ्घ, प्रदेश र र स्थानीय तहसेत गरेर कुल १६ खर्बको बजेट निर्माण गर्दैछ।

हालै बसेको स्रोत समितिको बैठकले सङ्घलाई १२ खर्ब र तल्ला दुई तहका सरकारलाई चार खर्बको बजेट सीमा तोकेको एक उच्च अधिकारीले जनाएको छ।

यसअनुसार सङ्घीय सरकारको बजेट कुल खर्चको ७५ प्रतिशत र तल्ला तहको सरकारको बजेट २५ प्रतिशत हुनेछ।

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!