काठमाडौं, १ वैशाख। मकवानपुरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूले आफूले जागिरभन्दा पनि सेवामूलक ढंगले बिरामीको उपचार गर्ने गरेको बताएका छन्।

Advertisement

नेपाल नर्सिङ संघ मकवानपुरको आयोजनामा अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन्। कार्यक्रम उद्घाटन गर्दै हेटौंडा उप–महानगरपालिकाका मेयर हरिबहादुर महतले अबका दिन हेटौंडामा पुरुषले पनि नर्सिङ पढ्न पाउने व्यवस्था गरिने बताउनुभयो।

उहाँले विश्वका ठूला मुलुक अमेरिका, युरोपमा पुरुष पनि नर्सिङ सेवा दिँदै आएका छन् तर नेपालमा भने यो व्यवस्था नभएकै कारण हालसम्म नर्सिङ पढ्न सरकारले महिलालाई मात्र अवसर दिने गरेको छ।

आगामी आर्थिक वर्षमा पुरुषले पनि नर्सिङ पढ्न पाउने कानुनी व्यवस्थाका लागि पहल गर्ने बताउनुभयो।,  आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!