खोटाङ, २१ वैशाख । दिक्तेलमा जारी सर्वाधिक ठूलो धन राशिको अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगितामा नेपाली सेनाले शुरुदेखि नै अग्रता कायम राखेको छ । नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा बिहीबारदेखि शुरु भएको दोस्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगितामा हालसम्म छ स्वर्ण पदकसहित सेनाले आफ्नो अग्रतालाई कायम राखेको हो ।

Advertisement

शुक्रबार साँझसम्मको नजिताअनुसार आयोजकले एक स्वर्ण हात पार्दा पाहुना टोली श्रीलंकाले दुई कास्य मात्र जितेको निर्णायक टोलीका संयोजक राजेन्द्र कपालीले बताउनुभयो ।

दिक्तेलस्थित माटीकोरे खेलमैदानमा जारी प्रतियोगितामा श्रीलंका, भारत, नेपाली सेना, १ नं प्रदेश, २ नं प्रदेश, ३ नं प्रदेश, ४ नं प्रदेश, ६ नं प्रदेश र आयोजकसहित नौ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमशः एक लाख, ७० हजार, ५० हजार नगदको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक नेपाल सितोरियो कराते संघको खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो ।

खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले चन्दा उठाएरै प्रथम संस्करण सञ्चालन गरेको संघले सोही अनुसार दोस्रो संस्करणको प्रतियोगिता आयोजना गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!