संगालोखबर सम्वाददाता

धनकुटा, २१ बैशाख । अनेरास्ववियू धनकुटाले नयाँ वर्ष २०७५ को शुभकामना आदानप्रदान गरी भित्तेपात्रो लोकार्पण गरेको छ । सोहि अवसरमा धनकुटाबाट निर्वाचित एमाले सांसदहरुलाई सम्मान पनि गरिएको छ ।

Advertisement

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र राई, प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, निरन राई र विना राईलाई सम्मान गरिएको हो । राजेन्द्र अनेरास्ववियूका पूर्व जिल्ला अध्यक्षसमेत हुन भने निरन र इन्द्रमणी पनि अनेरास्ववियूका पूर्व नेता हुन् ।

सोही अवसरमा प्रतिनिधिसभा सदस्य राईले अनेरास्ववियू धनकुटाद्धारा प्रकाशित भित्तेपात्रो लोकार्पण गरे । कार्यक्रममा सांसदहरुसहित प्राध्यापक इच्छापूर्ण राई, विद्यार्थी नेता जीवन किराँती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै हालै प्रकाशित बीबीएस प्रथम वर्षको नतिजामा जिल्ला प्रथम भएका धनकुटा बहुमुखी क्याम्पसका विद्यार्थी सुरेन पौडेललाई पनि सम्मान गरिएको अनेरास्ववियूका जिल्ला अध्यक्ष अंकित थापाले जानकारी दिएका छन् ।

एमाले पार्टी कार्यालय शिरवानीमा भएको कार्यक्रममा अनेरास्ववियुका संगठित सदस्य, समर्थक, सुभेच्छुकसहित पार्टी नेताहरु सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!