झापा, २० वैशाख । आयोजक दमक– ११, झापामा जारी प्रथम दमक गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

दमक बहुमुखी क्याम्पसको मैदानमा भएको खेलमा टाईब्रेकरमा रुपन्देही–११ लाई ४–३ गोल अन्तरले पराजित गर्दै आयोजक अन्तिम ८ मा प्रवेश गरेको हो ।

पहिलो हाफमा १–० ले पछि परेको स्थिति उल्ट्याउंदै निर्धारित ९० मिनेटमा खेलमा बराबरीमा ल्याएपनि पाहुना टोली टाईब्रेकरमा रोकिएको हो । रुपन्देहीका अजित थापा र सोजित गुरुङको प्रहार बिफल भएपछि आयोजक अघिल्लो चरणमा स्थान बनाउन सफल भयो ।

प्रतियोगितामा भोलिबाट क्वार्टरफाइनलमा खेल हुनेछन् । भोलि मदन भण्डारी स्र्पोर्टस् एकेडेमी र सशस्त्र प्रहरीको एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!