एजेन्सी

ग्याष्ट्रिक आम समस्या हो । नेपालमा ग्याष्ट्रिकबाट कयौं मानिसहरु पिडित छन् । ग्याष्ट्रिककै कारणले पेट भित्र गम्भीर घाउ पनि भैसकेको हुन सक्छ ।

ग्याष्ट्रिकले उग्र रुप लिदै जादा ज्यानै जान पनि बेर लाग्दैन । ग्याष्ट्रिक कम गर्न औषधी किनेर खान्छौ । यस्ता औषधीले पीडाबाट छुटकारा त दिन्छ तर, शारीरिक स्वास्थ्यमा भने असर गरिरहेको हुन्छ । त्यसैले सकेसम्म घरेलु औषधी सेवन गर्नु नै बढी फाइदाजन हो, जो सहजै उपलब्ध हुन्छ, सस्तो पर्छ र साइट इफेक्ट पनि हुँदैन ।

सबैभन्दा महत्वपूर्ण कारण एच पाइलोरी व्याक्टेरीयाको संक्रमण हो । त्यसैगरी पेन किलर औषधि, स्टेरोइड, इन्फ्लामेटरी आन्द्राको रोग हुन् । त्यस्तै धुमपान, मद्यपान, कोल्ड ड्रिङ्क्स, चिया, कफी, अनिन्द्रा लगायतले पनि ग्याष्ट्रिक बढाउँछ ।

अधिकांश नेपालीले खानासँगै गाडेको अचार खाने, पिरो खाने, धेरै मसलेदार खाना खाने गर्दा ग्याष्ट्रिक बढी हुन्छ। अर्को कुरा हाम्रो बजार अनुगमन गतिलो हुँदैन। जसले जे मन लाग्यो त्यही पकाएर बेचेको हुन्छ। पश्चिमा मुलुकहरुमा बजार अनुगमन राम्रो छ। नेपालको बेकरी आइटमहरू सबैमा डाल्ला घ्यूउ प्रयोग हुन्छ। यसले पनि ग्याष्ट्रिक धेरै गराउँछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!