संगालोखबर सम्वाददाता

बिराटनगर, ८ बैशाख । स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई शनिवार वेलवारीमा सम्मान गरिएको छ । निरन्तर मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित निरन्तरखवर अनलाईन मिडियाको उद्घाटन कार्यक्रमका अवसरमा नोबेल अस्पताललाई सम्मान गरिएको हो ।

कार्यक्रममा १ नम्बर प्रदेश प्रमुख प्रा.डा.गोबिन्दबहादुर तुम्वाहाङले नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहाललाई सम्मानपत्र प्रदान गरेका थिए ।

Advertisement

स्वास्थ्य उपचार र स्वास्थ्य शिक्षा क्षेत्रमा बिशेष योगदान पुर्याएकाले नोबेल अस्पताललाई सम्मान गरिएको प्रा.लि.का अध्यक्ष भोजराज बस्नेतले जानकारी दिएका छन् ।

नोबेल अस्पतालका जनसम्पर्क अधिकृत दाहाललाई सम्मानपत्र प्रदान गरिदै ।

विराटनगरमा २०६१ सालमा स्थापना भएको नोबेल अस्पतालले बिपन्न विरामीहरुलाई दैनिक करिव ५ लाख वरावरको निःशुल्क उपचार गर्ने गरेको छ ।

दैनिक करिव दुई हजार विरामीको उपचार हुँदै आएको नोेबेलमा बार्षिक १८ करोड वरावरको निःशुल्क उपचार गर्ने गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिएका छन् ।

नोबेलले पूर्वका बिभिन्न जिल्लामा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी विपन्न विरामीलाई निःशुल्क उपचार गर्दै आएको छ ।

नोबेल मेडिकल कलेजमा एमडी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाइजिनिस्ट, डिफार्म लगायत संकायमा करिव २ हजार बिद्यार्थी अध्ययनरत छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!