काठमाडौं,३ बैशाख । सरकारले यो वर्ष र आगामी वर्षका लागि सुरक्षित मातृत्व विशेष अभियान चलाउने भएको छ। त्रिवि शिक्षण अस्पतालमा आजा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले अभियन सञ्चालनका लागि नीति तथा कार्यक्रम अघि सारेको जानकारी दिइन्।

अभियान अन्तर्गत पहिलो चरणमा वैशाखदेखि असारसम्म सबै अस्पतालहरुबाट पाठेघरको मुख र स्तन क्यान्सर परीक्षण हुनेछ। फिस्टुला र क्यान्सर भए नभएको निःशुल्क परीक्षण गरिनेछ।

यस्तै साउनदेखि असोजसम्म सबै पालिकामा एक सुरक्षित मातृत्व कोषको स्थापना गर्ने लक्ष्य लिइएको छ। ‘एक पालिका एक सुरक्षित मातृत्व कोष अभियान देशव्यापी बनाइनेछ,’ राज्यमन्त्री अर्यालले भनिन्, ‘यो कोष आकस्मिक प्रसुति सेवामा उपयोग हुनेछ।’

अभियान अन्तर्गत कात्तिकदेखि पुससम्म सुरक्षित मातृत्व सम्बन्धी किशोर किशोरी अवस्थादेखि नै जनचेतना फैलाउने उद्धेश्य सहित देशव्यापी रुपमा निबन्ध र वक्तृत्वकला सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।

यसैगरी, पुषदेखि फागनुसम्म किशोरीहरुलाई महिनावारी हुँदा सरसफाई चेतना अभिबृद्धिका लागि सार्वजनिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई राष्ट्रव्यापी रुपमा स्यानीटरी प्याड वितरण गरिनेछ। यो अभियानलाई शिक्षासँगै किशोरी तथा महिलाको क्षमता अभिवृद्धिसँग पनि जोडिने मन्त्री अर्यालले जानकारी दिइन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!