काठमाडौँ, २७ चैत। आम्दानी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष प्राविधिक कामदार पठाउन सरकारले पहल अगाडि बढाएको छ।

Advertisement

रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग बढाउँदै लगेको कोरियाले दक्ष कामदारको रुपमा नेपाली नर्सलाई लैजान सकिने संकेत गरेपछि सरकारले पहल अघि बढाएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरिसँग नेपाली नर्सका लागि रोजगारी दिन अनुरोध गरेको छ।  नेपाल सरकारले अदक्ष र दक्ष कामदकारका रुपमा नर्सलाई रोजगारी दिन अनुरोध गरेपछि कोरियाली पक्ष सकारात्मक रहेको वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए।, यो खबर आजको कारोवार दैनिकमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!