सिरहा, २९ कात्तिक । जनता माध्यामिक विद्यालय गोलबजारका एक शिक्षक विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् ।

विद्यालयका प्रा.वि. शिक्षक हरिनारायण महतोले ६ कक्षामा अध्ययनरत एक छात्रालाई यौन दुव्र्यबहार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सिरहाको निर्देशनमा ईलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको हो ।

Advertisement

पक्राउ परेका शिक्षक महतोलाई जबरजस्ती करणी उद्योग अन्तर्गतको मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक तथा सुचना अधिकृत राजन भेटवलले  बताए ।

पीडित छात्राले परिवारलाई शिक्षक महतोले आफूलाई यौन दुरब्र्यबहार गरेको सुनाएपछि अभिभावकले सोमबार विद्यालयमा उजुरी दिएका थिए ।

अभिभावकको उजुरीपछि मंगलबार स्थानिय बुद्धिजिवी, जनप्रतिनिधी, विद्यालयका प्र.अ. व्रम्हदेव प्रसाद सिंह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवु महतो सहितको उपस्थितिमा घटनालाई मिलाउन प्रयास गरेपनि असफल भएको छ ।

घटना सार्वजनिक भएपछि आक्रोशित स्थानीय युवा तथा विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण अर्धवार्षिक परीक्षा समेत स्थगित भएको छ ।

पीडक शिक्षकलाई कार्वाहीको माग गर्दै पुर्ब पश्चिम लोकमार्ग अन्तर्गत चोहर्वा सडकखण्डमा एकघण्टा चक्काजाम समेत गरिएको थियो ।

यो पनि पढ्नुहोस्

यौन दुराचार आरोपी शिक्षकलाई उम्काउने प्रयास

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!