संगालोखबर


सुर्खेत । नेपाली काँग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनील कुमार शर्मालाई सुर्खेतमा भव्य सम्मानका साथ स्वागत गरिएको छ ।

कर्णाली प्रदेशका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने अभियानसहित कर्णाली यात्रामा निस्किएका डा. शर्मालाई नेपाली काँग्रेसका नेता-कार्यकर्ताले भव्य स्वागत गरेका हुन् ।

Advertisement

आज सुर्खेत पुगेका डा. शर्माले पार्टीका स्थानीय नेता-कार्यकर्ता, समाजसेवी तथा सामाजिक अगुवाहरूसँग भेटघाट र छलफल गरेका छन् । ग्राउन्ड जिरो कार्यक्रमअन्तर्गत नेपाली काँग्रेस सुर्खेत पार्टी कार्यालय पुगेका उनले नेता-कार्यकर्ता तथा स्थानीय अगुवाहरूसँग भेटघाट गर्दै राजनीतिक विषय, जनताका आवश्यकता र समस्याबारे जानकारी लिएका छन् ।

यसक्रममा डा. शर्मा नेपाली काँग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा समेत पुगेका छन् । उनले खड्काका भाइ काँग्रेस सुर्खेतका उपसभापति विष्णु खड्का र पूर्णबहादुर खड्काकी पत्नी रत्न खड्कासँग भेटघाट गरेका छन् ।

भेटमा उनीहरूबीच पार्टी एकता, आपसी समझदारी र सहकार्यका विषयमा छलफल भएको थियो । खड्का निवासमा भएको भेटघाटका क्रममा डा. शर्माले पारिवारिक तथा राजनीतिक आत्मीयता साटासाट गरेका छन् ।

उनीहरूबीच काँग्रेसलाई एकताबद्ध र थप सुदृढ बनाउँदै अघि बढाउनुपर्ने विषयमा समेत कुराकानी भएको छ । पार्टीका नेता-कार्यकर्तासँगको भेटघाट र छलफलसँगै डा. शर्मा कर्णालीका दुर्गम बस्तीमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर लिएर त्यस क्षेत्रमा पुगेका हुन् ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजना तथा काठमाडौं मेडिकल कलेज (केएमसी) को समन्वयमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको छ । भोलिदेखि स्वास्थ्य शिविरको शुभारम्भ हुने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!