
विराटनगर । विराटनगर महानगरपालिका-२ स्थित शंकरपुरमा सामा चकेवा सांस्कृतिक उत्सव हुने भएको छ । विराट राजवंशी सामा चकेवा महिला समूहको आयोजनामा भोलि दिउँसो २ बजेदेखि सांस्कृतिक उत्सव हुने भएको हो ।
उत्सवमा सामूहिक सामा चकेवा प्रस्तुति, सामा चकेवा विशेष पूजा, सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमलगायतको प्रस्तुति हुने आयोजक समूहकी सदस्य संस्कृति राजवंशीले जानकारी दिइन् ।
विराट राजवंशी समुदायको मौलिक संस्कृति, परम्परा तथा आपसी सद्भावलाई जगेर्ना गर्ने विश्वासका साथ उत्सव आयोजना गरिएको राजवंशीले बताइन् ।
कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म सामा चकेवालाई दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, स्नेह र सद्भाव दर्शाउने प्रमुख सांस्कृतिक पर्वकारूपमा मनाइने गरिन्छ ।

संगालोखबर 



















