सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । सरकारले दूधको बजार मूल्य समायोजन नगरे शसक्त आन्दोलन गर्ने धनकुटाका किसानले चेतावनी दिएका छन् । जिल्ला दुग्ध उत्पादन सहकारी संघ धनकुटाले आज पत्रकार सम्मेलन गर्दै मूल्य समायोजन नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै दुग्ध उत्पाद सहकारी संघका अध्यक्ष नारद बहादुर कटुवालले दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ बनाउन सरकारसँग माग गरे । हाल प्रतिलिटर ५० देखि ५५ रुपैयाँमा दूध बिक्री हुँदै आएको छ । तर त्यही दूध बजारमा भने प्रतिलिटर १२० रुपैयाँसम्ममा बेच्ने गरेको पाइएको उनले बताए ।

Advertisement

उनले नेपालभर एउटै मूल्य कायम हुनुपर्ने उल्लेख गरे । धनकुटामा ४० हजार कृषकले दैनिक करिब ३० हजार लिटर दूध उत्पादन गर्दै आएका छन् । जिल्लाबाट दुग्ध विकास संस्था डीडीसीलाई दैनिक १० हजार, अन्य संस्थाले १५ हजार लिटर दूध लैजाने गरेका छन् । बाँकी दूध स्थानीय डेरीमा वितरण हुने गरेको उनले बताए ।

तीन वर्षदेखि दूधको मूल्य यथावत हुँदा दैनिक गाईवस्तुलाई खुवाउने कुडो, औषधी लगायतको खर्च जुटाउन समेत मुस्किल हुनेगरेको कृषक कृष्णमाया कटवालले बताइन् ।  सरकारले मङ्सिर १५ गतेसम्ममा दूधको मूल्य नबढाए शसक्त आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

माग पुरा नभए मङ्सिर १६ गतेदेखि गाईबस्तु सडकमा ल्याएर चक्काजाम गर्ने कृषकहरूले बताए । त्यस्तै आन्दोलनस्वरूप दैनिक बिक्री हुँदै आएको दूधसमेत भण्डारण गरेर राख्ने उनीहरूले चेतावनी दिएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!