संगालोखबर


विराटनगर । शिक्षाकर्मी टिकाराम पुरीले विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । हिमालय मातृभूमि फाउण्डेसनको अध्यक्ष रहेर भ्रष्टाचार न्यूनिकरण गर्दै सुशासन र समृद्धिको लागि भन्दै देशभर अभियान चलाउँदै आएका पुरीले आसन्न स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

विराटनगर महानगरलाई आधुनिक शहरको रूपमा विकास गर्ने योजनासहित मेयर पदमा उम्मेदवारी दिने उनको तयारी छ । दृढ इच्छाशक्ति र दीर्घकालीन सोचका साथ लाग्दा विराटनगरलाई सुन्दर र समृद्ध महानगरको रूपमा विकास गर्न सक्ने भिजन आफूसित रहेको उनले बताए ।

Advertisement

इतिहास गर्विलो रहेपनि विभिन्न समयमा विराटनगरको नेतृत्व गर्नेहरूले त्यसको ओझ अनुसार विकास गर्न नसकेको उनको भनाइ छ । पहिलो, दोस्रो, तेस्रो वर्ष हुँदै पाँच वर्षकै ठोस योजना बनाएर अघि बढ्दा विराटनगरको मुहार नै फेर्न सकिने उनले बताए ।

देशभरीकै उत्कृष्ट निजी विद्यालयहरूमा चिनिने एभरेष्ट सेकेन्डरी स्कुल र एभरेष्ट कलेज सञ्चालन गर्दै आएका पुरी निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सनको पुर्व केन्द्रीय अध्यक्ष हुन् । नेकपा एमाले निकट रहेर प्रदेश कमिटी सदस्य समेत बनेका पुरी केही समय अघि पार्टीबाट बाहिरिएका थिए ।

कुन दलबाट उम्मेदवारी दिने भन्ने उनले खुलाएका छैनन् । वि.सं.२०२३ बैशाख १ गते संखुवासभाको खाँदबारी-७ माल्टा खिप्रिङ (साविक) मा जन्मिएका पुरी विराटनगर-५ का स्थायी बासिन्दा हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!