संगालोखबर


विराटनगर । मोरङ जिल्लाको धनपालथान गाउँपालिकामा रहेको पुरातात्विक तथा ऐतिहासिक स्थल धनपालथानको संरक्षण र प्रवर्द्धन गर्दै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

राजा धनपालथान संरक्षण तथा विकास समितिको ५ औं साधारण सभामा बोल्ने वक्ताहरूले यस क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्न सकिने बताएका हुन् ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले ऐतिहासिक स्थलको संरक्षण र प्रवर्द्धन गर्दै प्रचार-प्रसारमा जुट्नुपर्ने बताए । आवश्यक पूर्वाधार निर्माण गरेर यस स्थानलाई धार्मिक पर्यटनसँग जोड्न सकिने उनले उल्लेख गरे ।

‘आवश्यक पूर्वाधार निर्माणसँगै प्रचार-प्रसारमा पनि जोड दिनुपर्छ । पुरातात्विक तथा ऐतिहासिक स्थल धनपालथानको संरक्षण र प्रवर्द्धन पनि उत्तिकै जरुरी छ’, उनले भने, ‘यस स्थानलाई धार्मिक पर्यटनसँग जोड्न आवश्यक छ ।’

धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदारले यस स्थानको प्रवर्द्धनमा गाउँपालिकाले सहयोग र पहल गरिरहेको बताए । उनले समिति थप सक्रिय भएको धनपालथानको संरक्षण, प्रवर्द्धन र प्रचार-प्रसारमा जुट्नुपर्ने उल्लेख गरे ।

राजा धनपालथान संरक्षण तथा विकास समितिले पुरातात्विक र ऐतिहासिक वस्तुहरूको संरक्षण तथा प्रवर्द्धन गर्न विभिन्न कामहरू गरिरहेको छ । कार्यक्रममा बोल्दै समितिका अध्यक्ष संजयकुमार सिंहले थप कामहरू गर्न बाँकी रहेको बताए ।

करिब ३ बिगाहा क्षेत्रफलमा फैलिएको धनपालथानमा केही संरचना मात्रै निर्माण भएका छन् । आगामी दिनमा थप संरचना निर्माण गर्दै यसको संरक्षण र प्रवर्द्धनमा जुट्न सबै एकजुट हुनुपर्ने उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!