संगालोखबर


विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिकाबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र नियन्त्रित औषधिसहित श्रीमान-श्रीमतीलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पथरीशनिश्चरे-४ का २४ वर्षीय फुरसाङ भन्ने कैलाश तामाङ र उनकी २३ वर्षीया श्रीमती अनिसा तामाङ छन् ।

शनिबार साँझ शनिश्चरे बजार क्षेत्रमा लागूऔषधको सेवन तथा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचना प्रहरीले पाएको थियो । सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तामाङको घरमा खानतलासी गरेको थियो ।

Advertisement

खानतलासी गर्दा कोठाभित्र लुकाएर राखेको अवस्थामा ४ ग्राम ९४० मिलिग्राम लागूऔषध ब्राउन सुगर, ‘निट्जासेन्ट-१०’ लेखिएको १२८ क्याप्सुल र नगद १२ हजार ९ सय २५ रुपैयाँ बरामद भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

लागूऔषधसहित नियन्त्रणमा लिइएका दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!