संगालोखबर


विराटनगर । विदेशमा बस्ने व्यक्तिको फेसबुक आईडी ह्याक गरी नेपालमा रहेका आफन्तसँग रकम मागेर ठगी गरेको आरोपमा प्रहरीले दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ । पीडितको जाहेरीका आधारमा प्रहरीले विराटनगरका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार विदेशमा रहेको व्यक्तिको खाता ह्याक गरी नेपालमा रहेका आफन्तलाई विभिन्न समस्या देखाउँदै रकम माग गरिएको थियो । विभिन्न खाताहरूको क्यूआर पठाएर पीडितबाट ४ लाख ४५ हजार रुपैयाँ जम्मा गर्न लगाई ठगी तथा स्क्याम गरिएको जाहेरीमा उल्लेख छ ।

Advertisement

पक्राउ पर्नेमा भारत बेतिया जिल्ला चुरना चौबेक स्थायी घर भई हाल विराटनगर एयरपोर्ट मोडछेउ बस्दै आएका २६ वर्षीय ताहिर हुसेन र भारत बिहार प्रदेश कटिहार जिल्ला ड्राइभर टोल घर भई हाल विराटनगर-४ मा डेरा गरी बस्ने ३६ वर्षीय गुड्डु भन्ने मो. साबुदिन छन् ।

त्यसैगरी विराटनगर महानगरपालिका-१७ बस्ने ३१ वर्षीय जफर आलम र विराटनगर-९ बस्ने २३ वर्षीय फैबाज खानलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!