संगालोखबर


विराटनगर । विराटनगर-१३ का ३२ वर्षीय अजय कुमार साह ४ सय ९९ किलो गाँजासहित पक्राउ परेका छन् । गएराति करिब ११ः३० बजे धरान-८ स्थित सेउती पुलबाट साह गाँजासहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चेकजाँचका क्रममा बीआर ११ वाई ३०३९ नम्बरको भारतीय स्कारपियो गाडीबाट गाँजा बरामद भएको हो । साह सोही गाडीका चालक रहेको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ परेका साहविरुद्ध थप अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । गाँजा भारततर्फ लैजान खोजिएको प्रहरीको अनुमान छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!