
विराटनगर । मोरङको बेलबारी नगरपालिका-११ नलबारीस्थित बाँसघारीमा जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । बुधबार साँझ गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका-२ का ५१ वर्षीय खमानसिंह लिम्बु, ५७ वर्षीय कल्याण बहादुर थापा, ३८ वर्षीय नरेश राजवंशी र सुन्दरहरैंचा नगरपालिका-१ का ४९ वर्षीय रामकुमार राई छन् ।
जुवाको खालबाट ४५ हजार ८२५ रुपैयाँ नगदसहित कौडा नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

संगालोखबर 



















