
काठमाडौं । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मलेसिया सरकारसँग भएको सम्झौता विपरीत हुने गरी रकम संकलन गरी ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज उनीहरूलाई पक्राउ गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उनीहरूविरुद्ध जाहेरी दिएपछि सीआइबीले पक्राउ गरेको हो । उनीहरूले मलेसिया सरकार र नेपाल सरकारबीच भएको सम्झौता विपरीत गैरकानुनी रूपमा कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार ठगी गरे को आरोप छ ।

संगालोखबर 



















