
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार नौ सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार दुई सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई ६९ हजार एक सय रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेर तीन हजार चार सय ९० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला तीन हजार पाँच सय २० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 



















