संगालोखबर


विराटनगर ।
अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर विराटनगरको जहदा रोडस्थित न्यूरो कार्डियो एन्ड मल्टिस्पेसिएलिटी हस्पिटलले बालबालिकाको उपचारमा विशेष छुट सुविधा दिएको छ । हस्पिटलले बाल रोग ओपीडी सेवामा ५० प्रतिशत र बालबालिकाको सबै प्रकारका स्वास्थ्य परीक्षणमा १५ प्रतिशत छुट दिएको हो ।

नोभेम्बर २० अर्थात मंसिर ४ गते अन्तर्राष्ट्रिय बाल दिवस परेको छ । सोही अवसर पारेर कात्तिक ३० देखि मंसिर ४ गतेसम्म छुट सुविधा दिइने अस्पतालले जनाएको छ । सो अवधिमा बाल रोग विशेषज्ञको परामर्श सेवा लिन आउने बिरामीले ओपीडी शुल्कको आधा रकम मात्र तिर्दा हुने भएको छ ।

Advertisement

त्यस्तै, हस्पिटलमा उपलब्ध सबै प्रकारका जाँच तथा परीक्षणमा पनि १५ प्रतिशत छुट पाइनेछ ।

स्थापनाको २६ औं वार्षिकोत्सव मनाएको न्यूरो कार्डियो हस्पिटलले बालबालिकाको उपचारमा सहजता प्रदान गर्न यो सुविधा ल्याएको हो । हस्पिटलले जारी गरेको सूचनामा बालबालिकाको स्वास्थ्य जाँच समयमै गराउन अभिभावकहरूलाई प्रोत्साहित गरिएको छ ।

बाल्यकालमै हुने स्वास्थ्य समस्याको समयमै पहिचान र उपचारले भविष्यमा गम्भीर जटिलता हुनबाट जोगाउन सकिने भएकाले समयमै उपचार गराउन अस्पतालले अनुरोध गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!