
विराटनगर । सुनसरीको हरिनगर गाउँपालिकामा छठ पूजाका लागि बनाइएको पूजास्थल भत्काउने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका-६ का १९ वर्षीय रिजवान मन्सुरी र सोही स्थानका २१ वर्षीय मोहम्मद जहुर मियाँ छन् ।
आइतबार राती करिब ७ः३० बजे हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नामा घाटको छठ पूजास्थल तोडफोड गरिएको थियो ।
सोही घटनामा संलग्न भएको पाइएकाले उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

संगालोखबर 



















