संगालोखबर

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१२ स्थित जालपा माविले तिहारमा खेलेको देउसीभैलोबाट २६ लाख ७७ हजार रकम सङ्कलन भएको छ । बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि कात्तिक १९ देखि २९ गतेसम्म देउसीभैलो खेलिएको हो ।

Advertisement

खोटाङसहित तराईका जिल्लामा पनि देउसीभैलो खेलिएको थियो । सो क्रममा जालपामा खेलिएको देउसीबाट १ लाख ७० हजार र दिक्तेलबाट ७ लाख ७ हजार सङ्कलन भएको छ । त्यस्तै विराटनगर, इटहरी, धरान, तरहरा, लेटाङ र उदयपुरको बसाहामा पनि देउसी खेलिएको थियो । त्यहाँबाट १८ लाख सङ्कलन भएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक दिलबहादुर राईका अनुसार देउसीबाट संकलन भएको रकमसहित स्थानीय, प्रदेश र संघबाट थप बजेट माग गरेर कभर्ड हल निर्माण गर्ने तयारी गरिएको छ । कभर्ड हलका लागि करिब ५० लाख लाग्ने अनुमान छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!