संगालोखबर

संखुवासभा । संखुवासभा जिल्ला अस्पतालको नवनिर्मित भवन उद्‌घाटन गरिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज भवन उद्‌घाटन गरेका हुन् ।

Advertisement

सो अवसरमा बोल्दै मुख्यमन्त्री कार्कीले जिल्ला अस्पताललाई आगामी आर्थिक वर्षमा ५० शैयाबाट स्तरोन्नति गरी १०० शैया बनाइने र त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिने प्रतिवद्धता व्यक्त गरे ।

भवन उद्‌घाटन कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुली, आर्थिक मामिला मन्त्री विदुर लिङ्थेप, पूर्वस्वास्थ्य मन्त्री तथा सांसद राजेन्द्र कार्की, संविधानसभा सदस्य तथा पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, पूर्वसांसद राजेन्द्र गौतम लगायत पनि सहभागि थिए ।  

सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटामार्फत २७ करोड २७ लाख ८० हजार रुपैयाँको लागतमा अस्पताल भवन निर्माण गरिएको हो ।

५० शैया क्षमताको सो अस्पताल भवन १ हजार ६ सय ४१ वर्गमिटर क्षेत्रफलमा बनाइएको छ । २०७५ सालबाट निर्माण सुरु गरिएको सो अस्पताल भवनको काम २०७८ असारमा सकिनुपर्ने थियो । तर, चार वर्षपछि मात्र भवन निर्माण पुरा भएको हो ।

सो अस्पतालमा उपचारका लागि संखुवासभासहित छिमेकी जिल्ला भोजपुरको उत्तरी क्षेत्रका मानिसहरू पनि आउने गरेका छन् । सुविधासम्पन्न सो भवनबाट उपचार सेवा प्रवाहमा थप सहज हुने अस्पतालले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!