
धनकुटा । धनकुटा नगरपालिका-५ देवनटारमा तास खेलिरहेको अवस्थामा आज साँझ प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । स्थानीय मेन कुमारी लिम्बुको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले छापा हानेको हो ।
पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि-५ का ४५ वर्षीय महेशकुमार राई, सोही स्थानका ५२ वर्षीय मोहनचन्द्र राई, धनकुटा-६ का ३० वर्षीय कुमार राई र धनकुटा-७ का ५१ वर्षीय भोगेन्द्र राई छन् । त्यस्तै, धनकुटा-५ का ४५ वर्षीय बल बहादुर राई, ३६ वर्षीय सोम कुमारी लिम्बू, ५० वर्षीय तीर्थ लिम्बू, ३७ वर्षीय मेन कुमारी लिम्बू र धनकुटा-२ का २८ वर्षीय शुक्र राई पक्राउ परेका छन् ।
तासको खालबाट २४ हजार ५ सय नगद र एक वुङ खुला तास बरामद भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

संगालोखबर 






















