
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँ बढेको हो ।
आज सुन प्रतितोला दुई लाख ७५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला तीन हजार छ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला तीन् हजार छ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 
























