संगालोखबर

विराटनगर । विराटनगरको मार्टस मेमोरियल स्कुलमा आगलागी भएपनि पठनपाठन प्रभावित नहुने भएको छ । स्कुलका अध्यक्ष सीएम श्रेष्ठले विद्यालय भवनमा आगलागी भएपनि पठन-पाठन प्रभावित हुन नदिने बताएका छन् ।

अध्यक्ष श्रेष्ठका अनुसार आगलागी भएको भवनको आजबाट नै मर्मतसम्भार सुरु गरिएको छ । आगलागीबाट भवनसँगै विज्ञान प्रयोगशाला, कम्प्युटर, प्रिन्टर, एसी, स्टेपलाइजर लगायतका सामान जलेका छन् ।

‘आगलागीबाट ठूलो क्षति भएको छ । समयमै दमकल आइपुगेका कारण थप क्षति हुन पाएन’, अध्यक्ष श्रेष्ठले भने, ‘आजबाट नै भवनको मर्मत सुरु भइसकेको छ । पढाइ प्रभावित हुँदैन ।’

दशैँ तिहारको बीचमा स्कुल बिदा भएका कारण सो समयमा भवन पूर्णरूपमा मर्मत सम्भार भइसक्ने उनले जानकारी दिए ।

आज बिहान करिब ४ः४५ बजे विद्युत सर्ट भएर विद्यालय भवनमा आगलागी भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!