
विराटनगर । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार चार सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला चार हजार दुई सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 




















