
विराटनगर । विराटनगरमा चोरी भएको स्कुटर फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । मंगलबार राति करिब १२ बजे चोरी भएको स्कुटर फेला पारेर प्रहरीले सम्बन्धित धनीलाई बुझाएको हो ।
विराटनगर-५ मुनालपथ क्षेत्रबाट प्रदेश १-०४-००२ प १८१० नम्बरको स्कुटर चोरी गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । स्कुटर चोरीमा संलग्न विराटनगर-५ का २० वर्षीय करण खवास पनि पक्राउ परेका छन् ।
शारीरिक अपाङ्गताका कारण उनलाई तारिखमा राखेर थप अनुसन्धान सुरु गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । स्कुटर सम्बन्धित धनीलाई बुझाइएको उनले बताए ।

संगालोखबर 




















