संगालोखबर


धनकुटा । धनकुटामा चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ । बजार क्षेत्रमा सञ्चालित होटल, फलफूल पसल र किराना तथा खुद्रासहित १८ पसलमा अनुगमन गरिएको हो ।

आज जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनमा म्याद गुज्रिएका अखाद्य बस्तु फेला परेका छन् । अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तु जफत गरी जलाएर नष्ट गरिएको छ ।

प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पुष्पलाल धमलाले चाडपर्व नजिकिएसँगै उपभोक्ताहरू ठगिनसक्ने जोखिमलाई मध्यनजर गर्दै बजार अनुगमनलाई तीव्र पारिएको जानकारी दिए ।

उपभोक्ताले स्वच्छ र राम्रो वस्तु उपभोग गर्न पाउन भन्ने उद्देश्यले अनुगमन गरिएको उनले बताए । अनुगमनका क्रममा अखाद्य बस्तु भेटिनुका साथै मूल्यसूची समेत नराखेको पाइएको छ ।

अनुगमन टोलीले अखाद्य बस्तु नबेच्न र अनिवार्य मूल्यसूची टाँस गर्न निर्देशन दिएको छ । आगामी दिनमा सुधार गरेको नपाइएमा कानुन अनुसार जरिवाना गराइने धमलाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी, नगरपालिकाका र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!