संगालोखबर


धनकुटा । अनेरास्ववियु धनकुटा बहुमुखी क्याम्पस कमिटी अध्यक्षमा सुवर्ण कटवाल चयन भएका छन् । कटवालको नेतृत्वमा २४ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा पेशल पौडेल र श्रद्धा राई, सचिवमा सविन रम्तेल, सह-सचिवमा प्रविन भट्टराई र कोषाध्यक्षमा विवश राई चयन भएका छन् ।

सदस्यमा विक्रम खड्का, मिलन अधिकारी, अविनाश राई, मनिष घिमिरे, मनिष कार्की, सौरभ खड्का, सन्देश खड्का, वन्दना तामाङ, दीपेन्द्र बस्नेत, विशाल तामाङ, नोगेन लिम्बु, विवेक अधिकारी, समीर लावर, बावल गोले तामाङ, सर्दीप मगर र जीवन गुरागाईं चयन भए ।

अनेरास्ववियु धनकुटा जिल्ला कमिटी अध्यक्ष टेकेन्द्र सापकोटाको नेतृत्वमा भएको धनकुटा बहुमुखी क्याम्पस कमिटी सम्मेलनमा नयाँ नेतृत्व चयन गरिएको हो ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज मुना चापागाईं, नेकपा एमाले जिल्ला कमिटी सदस्य वसन्त राई, अनेरास्ववियु धनकुटाका निवर्तमान अध्यक्ष युवा तिम्सिना लगायतले नयाँ कमिटीलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!