संगालोखबर


धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जन्नामा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्काले लाग्दा सात जना घाइते भएका छन् ।

मंगलबार राति करिब ९ः३० बजे स्थानीय खुशीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का खसेको हो ।

घरनजिकै चट्याङ पर्दा त्यसको झिल्का लागेर उनीहरू घाइते भएका कैलाली प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको र सबैको अवस्था सामान्य छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!