
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो ।
लुम्बिनीले दिएको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले विना विकेट क्षतिमा १३.३ ओभरमै पुरा गर्यो । सुदूरपश्चिमका जर्ज मुन्सेले ८ चौका र ८ छक्का प्रहार गरेर ४९ बलमा शतक पूरा गरे ।
विनोद भण्डारीले पनि उनलाई उत्कृष्ट साथ दिएका थिए । यता, लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो ।

संगालोखबर 



















