
विराटनगर । मोरङको लेटाङमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ नगरपालिका-६ का विकास भनिने २२ वर्षीय भुवानीप्रसाद लम्साल छन् ।
प्रहरीका अनुसार उनले गत कात्तिक २८ गते साँझ लेटाङ नगरपालिका क्षेत्रमा आयोजित एक कार्यक्रम हेरेर फर्किने क्रममा बालिकामाथि जबर्जस्ती करणी गरेका थिए ।
पीडित पक्षले मंसिर ३ गते इलाका प्रहरी कार्यालय रंगेलीमा जाहेरी दिएपछि प्रहरीले लम्साललाई आज पक्राउ गरेको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
पक्राउ परेका लम्साललाई जबर्जस्ती करणीसम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 



















