
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार तीन सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ९९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा एक सय ४५ रुपैयाँ घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला चार हजार पाँच सय १० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला चार हजार छ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।





















