
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा चालकले नै बसमा आगो लगाएका छन् । बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसका चालक २५ वर्षीय दावा लामाले आफू भित्रै बसेर आगो लगाएका हुन् ।
प्रहरीका अनुसार आगो लगाएको बेला बसमा चालक मात्रै थिए । घटना आज केहीबेर अघिको हो । आगोमा जलेर घाइते भएका चालकलाई प्रहरीले उद्धार गरेर उपचारका लागि किर्तिपुरस्थित बर्न अस्पतालमा पठाएको छ ।
बसमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ । उनले बसमा आगो किन लगाए भन्ने खुल्न बाँकी छ । घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ ।

संगालोखबर 

















