
प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाकाको माडी र लुङ्ग्री खोला किनारमा चार जनाको शव फेला परेको छ । प्रहरीका अनुसार आज बिहान दुई खोलाको विभिन्न स्थानमा शव फेला परेका हुन् ।
फेला परेका शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । स्वर्गद्वारी नगरपालिका-९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १३ वर्षीय बालकको शव फेला परेको छ ।
त्यस्तै, स्वर्गद्वारी-३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
स्वर्गद्वारी-४ गोठीबाङमा पनि एक महिलाको शव फेला परेको हो । यसैबीच स्वर्गद्वारी-५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा टाउको र बायाँ खुट्टा नभएको अवस्थामा महिलाको शव फेला परेको छ ।
शवहरूको पहिचान तथा मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 












