संगालोखबर


पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरबाट प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जना पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त रकमसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।

प्रदेश २-०३-००३ प ७२१५ र ना ५७ प ५१८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको विहार जिल्ला सीतामढी थाना डुमराका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका-१ का ३२ वर्षीय उपेन्द्र साह, २६ वर्षीय सागरकुमार सर्साफ र पर्साको बिन्दवासिनी गाउँपालिका-१ का २५ वर्षीय  राहुतकुमार गुप्ता छन् ।

उनीहरूको साथबाट एक हजार दरका चार हजार पाँच थान, पाँच दरका दुई हजार तीन सय ३, एक सय दरका छ सय ४३ र ५० दरका ८४ थान गरी ५२ लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!