संगालोखबर


बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टाको पर्खाल भत्कँदा दुई जना मजदुरको मृत्यु भएको छ ।

इँटा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोध र ४५ वर्षीय राम फेरन कोरीको मृत्यु भएको हो ।

पर्खालले थिचिएका लोधको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका कोरीको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक वर्षादी लोधको शव पोस्टमार्टम पछि आफन्तको जिम्मा लगाइसकिएको छ । अर्का मृतक राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!